
काठमाडौं । कठिन जित निकालदै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनमा पुगेको छ । गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको हो ।
लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३–२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २–० ले पछि परेको अवस्थाबाट लेगानेसले २–२ को बराबरी गरेपनि अन्त्यमा हारको सामना गर्नु पर्यो ।
मोड्रिचले १८ औं र एन्ड्रिकले २५ औं मिनेटमा गोल गरेपछि रियल २–० ले अघि बढ्यो । लेगानेसका क्रुजले ३९ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि पहिलो हाफको समाप्तिमा रियल २–१ ले अघि रह्यो । क्रुजले ५९ औं मिनेटमा बराबरी गोल गर्दै लेगानेस खेलमा फर्काए । थप समय तर्फ उन्मुख खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा गार्सियाले गोल गर्दैै रियललाई रोमान्चक जित दिलाए ।
मंगलवार गेटाफेलाई ५–० ले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेको छ । बाँकी दुई क्वाटरफाइनलमा बिहीवार रियल सोसिडाड र ओसासुना तथा भ्यालेन्सिया र बार्सिलोनाबिच प्रतिस्पर्धा हुनेछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू