
काठमाडौं । घरेलु टोलि भारतले इंग्ल्याण्ड विरुद्धको पहिलो एक विदसिय क्रिकेटमा जित निकालेको छ । नागपुरमा बिहीबार भएको खेलमा पाहुना टोलिलाई ४ विकेटले पाराजित गर्दै भारतले सिरिजमा विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डले दिएको २४९ रनको लक्ष्य घरेले टोलिले ६ विकेट गुमाएर ३८ ओभर ४ बलमा भेटायो । उसका लागि सुभमन गिलले सर्वाधिक ८७ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ५९ रन बनाए भने अक्षर पट्टेलले पनि ५२ रनको अर्धसतकीय पारी खेले । इंग्ल्याण्डका लागि साकिब महमूद र आदिल रसिदले समान २–२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा २४८ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान जस बटलरले सार्वधिक ५२ रन बनाए । त्यस्तै याकूब बेथेलले पनि ५१ रन बनाए । फिल्प साल्टले ४३ रनको योगदान दिए भने बेन डकेटले ३२ रन बनाए । भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले सामान ३–३ विकेट लिए ।













समाचार
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति