
झापा । भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन ।
चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए । भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए । अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ । विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा रु छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरीखेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ । यद्यपि तोरीखेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेलले बताए ।













समाचार
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मेहनत र आम्दानी दुवै गाउँमै
आजको मौसम : मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना