काठमाडौं । जनता समाजवादी पार्टीसम्बद्ध जनबर्गीय संगठनहरुले भोलि वृहत् रुपान्तरण तथा पुनर्गठन घोषणा सभा गर्ने भएका छन् । पार्टी सम्बद्ध जनबर्गीय संगठन संयुक्त आयोजक समितिको आयोजनामा हुने सभा ज्यापु प्रज्ञा भवन च्यासल ललितपुरमा आयोजना हुने छ ।
नेपाल सम्बत ११४५ सिल्लागा सप्तमीको अवसरमा आयोजना हुने कार्यत्रम विहान ११ बजेदेखि सुरु हुने छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ रहने छन् । त्यस्तै विशिष्ट अतिथि केन्द्रीय समिति अध्यक्ष अशोक कुमार राई, तथा अतिथिहरू उपाध्यक्ष रणध्वज कन्दङ्वा, महासचिव मोहम्मद इस्तियाक राई रहने आयोजकले जनाएको छ ।
समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेसाकर्मी महासंघ, समाजवादी जनजाती महासंघ, संघीय समाजवादी खेलकुद महासंघ र संघीय कानून व्यवसायी संघ लगायत घटक संघहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।