
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेस र एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारी, कालोपूल–५, काठमाडौंबीच सम्पूर्ण ऋणीहरुको बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा २० जना ऋणीहरुको सम्झौता गरि बीमा सेवा सुचारु गरिएको हो ।
आफ्नो ऋणीहरुलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्ष्या गर्ने उद्देश्यले लघुजीवन बीमा गराइएको हो । लिबर्टी माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख रेश्मा श्रेष्ठ, अमृत राज वैद्य र एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारीको तर्फबाट अध्यक्ष सरला थापा, लेखा प्रमुख बिबेक खड्गीले सम्झौता गर्दै सेवा सुचारु गरेका हुन् ।
‘निकै नै सस्तो, गुणस्तरीय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाईनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारीहरुलाई पनि यो सेवाको बारेमा जानकारी गराउने छौँ,’ अध्यक्ष थापाले भनिन् । अन्य सहकारीहरुमा समेत ऋणी तथा सदस्यहरूका लागि बीमा सचेतना कार्यक्रम संचालन गर्दै लैजाने लिबर्टी माइक्रो लाईफको योजना रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना