
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले आर्सनललाई एक गोलले हरायो । उसका जारोड बोवेनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अङ्कतालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले हारसँगै शीर्षस्थानको लिभरपुलसँग अङ्कको अन्तर घटाउने मौका समेत गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अङ्क छ । शीर्ष स्थानको लिभरपुलको समान २६ खेलमा ६१ अङ्क छ ।
अरू खेलमा ब्रेन्टफोर्डले लेस्टरसिटीलाई र ब्राइटनले साउथह्याम्पटनलाई चार गोलले, उल्भ्सले बर्नमाउथलाई एक गोलले, क्रिस्टल प्यालेसले फुलहमलाई दुई गोलले, एस्टनभिल्लाले चेल्सीलाई २–१ गोलले र टोटनहमले इपस्विच टाउनलाई ४–१ गोलले हराएको छ । एभर्टन र म्यानचेस्टर युनाइटेडले समान दुई गोलको बराबरी खेलेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह