
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८० पैसा र बिक्रीदर १४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
आज स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ २२ पैसा र बिक्रीदर १५४ रूपैयाँ ८९ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ २७ पैसा र बिक्रीदर ९ रूपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १२ पैसा र बिक्रीदर ४ रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ ।
दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ र बिक्रीदर १३ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५० पैसा निर्धारण भएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६४ पैसा तय गरिएको छ ।
त्यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।












समाचार
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी
ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय संवादमा आईक्यानको नेतृत्व
अमेरिकाको चेतावनीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने
डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो: ट्राफिक प्रहरी
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची