
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।
राष्ट्र बैंकले मंगलबार यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचान तथा सोको सम्पुष्टि (केवाईसी) नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा अनिवार्य गर्ने, उच्च पदस्थ व्यक्ति पहिचान तथा यकिन गर्ने, उनीहरूको वर्गीकरण गर्ने, उच्चपदस्थका परिवार तथा सम्बद्ध व्यक्ति पहिचान गर्नेलगायतका काम गर्न निर्देशन दिएको हो ।
यी संस्थाहरूले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रूपमा ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।
त्यसैगरी, शङ्कास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार गर्दा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले जारी गरेको कार्यविधिअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम