
काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने निर्णय अनुचित रहेको प्रतिक्रिया दिएको छ।
नाडाले बिहीबार जारी गरेको विज्ञप्तिमा सो निर्णयले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउने प्रयासमा अवरोध आउन सक्ने जनाएको हो। पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई आग्रह आएकामा यस मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका ईभीको ऋण मूल्य अनुपात सीमालाई ६० प्रतिशत कायम गरिनु उपयुक्त नहुने नाडाको ठहर छ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको सन्दर्भमा सो व्यवस्था सराहनीय भए पनि ईभीका सम्बन्धमा सोही व्यवस्था गरिँदा विद्युतीय गाडी व्यवसायमा लागेका व्यवसायीलाई ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको नाडाको भनाइ छ। नीतिगत रूपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोहीअनुरुप ईभीलाई विशेष सुविधासमेत दिँदै आएकामा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको नाडाले जनाएको छ।
राष्ट्र बैंकको यो नीतिबाट ईभी प्रयोगका रूपमा कमी आउने नाडाको धारणा छ। सरकारको आफ्नो घोषित नीतिको पालना र ईभीको हकमा व्यवसायीको लगानीलाई सुरक्षित बनाउन यसअघिकै नीति अर्थात् ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत कायम गर्न नाडाले माग गरेको छ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने