
काठमाडौं । एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा कम्पनीलाई अगाडि बढाउने लक्ष्यसहित हार्डवेयर प्रमुख जोन टर्नसलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले आगामी सेप्टेम्बर १ देखि टर्नसले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने जनाएको छ।
हालका सीईओ टिम कुक भने कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । कुकले १५ वर्षे कार्यकालमा एप्पलको बजार मूल्यलाई करिब ३.६ ट्रिलियन डलरसम्म पुर्याएका थिए, जसलाई कम्पनीको ऐतिहासिक वृद्धिको रूपमा लिइन्छ ।
सन् २००१ मा एप्पलमा प्रवेश गरेका टर्नसले म्याक, आइप्याड र एयरपड्सजस्ता प्रमुख उत्पादनहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । विशेषगरी म्याक कम्प्युटरको बिक्री पुनर्जीवित गर्न उनको योगदान उल्लेखनीय मानिन्छ। यद्यपि, अब उनको सबैभन्दा ठूलो चुनौती भनेको एप्पलका उत्पादनहरूमा उन्नत एआई प्रविधि समावेश गर्नु हुनेछ।
हालैका वर्षहरूमा एआई क्षेत्रमा पछाडि परेको भन्दै आलोचना झेल्दै आएको एप्पलले प्रतिस्पर्धी एनभिडिया जस्ता कम्पनीसँग बजार मूल्यमा अग्रता गुमाएको छ । साथै, एप्पलले गुगलसँग सहकार्य गर्दै “जेमिनी” प्रविधि प्रयोग गरेर सिरि सुधार गर्ने प्रयास पनि गरिरहेको छ ।
विश्लेषकहरूका अनुसार टर्नसको नेतृत्वमा एप्पलले नयाँ हार्डवेयर—जस्तै फोल्डेबल फोन, स्मार्ट चस्मा र एआई आधारित उपकरणहरूमा ध्यान केन्द्रित गर्न सक्छ । एआई प्रविधिको तीव्र प्रतिस्पर्धाबीच एप्पलको आगामी दिशा निर्धारणमा उनको भूमिका निर्णायक रहनेछ।













समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने
धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न