
काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग हिजो भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान सर्वाधिक ७२ रनमा अविजित रहे । हेनरिक क्लासेनले ६४ रन बनाए ।
इङ्गल्यान्डका जोफ्रा आर्चरले दुई र लियाम लिभिङस्टनले एक विकेट लिए । इङ्गल्यान्ड ७ विकेटले पराजित भयो । त्यसअघि टस जितेर इङ्गल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७९ रनमा बनाएको थियो । जो रुटले सर्वाधिक ३७ रन, जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए ।
दक्षिण अफ्रिकाका मार्को जानसेन र वियान मल्डरले समान तीन विकेट लिए । केशव महाराजले दुई विकेट लिए । जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बन्यो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘ए’ का भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै