
निस्ट स्कुलको आयोजनामा तेश्रो निस्ट कप फागुन १३ गतेदेखि हुने भएको छ । निस्ट कपमा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने निस्टका प्रिन्सिपल दिलिप रानाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
बास्केटबलको ३ विधामा ३९ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजमा सेन्ट जेभियर्स र सिनियर गलर्समा बौद्ध इन्टरनेसनल स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर गल्र्सको विधा पहिलोपटक समावेश गरिएको हो ।
फुटबलमा २४ छात्र टिमले लिग कम नकआउट आधारमा खेल्ने छन् । गत संस्करणको उपाधि ब्रम्हकुञ्जले जितेको थियो । फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लोकन्थलीस्थित आयोजकको हातामा हुनेछ ।
प्रतियोगितामा यसपटकदेखि क्लाइमेट च्याम्पियनको उपाधि पनि प्रदान गरिने छ । क्लाइमेट च्याम्पियन बारे प्रकाश पार्दै प्रिन्सिपल रानाले भने– ‘ग्लोबल वार्मिङ बारे जागरुकता जगाउन हामीले नयाँ प्रयोगका रुपमा पहिलोपटक यो विधा समावेश गरेका हौं । वातारणलाई प्रदूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन/साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत कुरालाई ध्यान दिएर विजेताको चयन गर्ने छौं ।’













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू