
काठमाडौैं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७५ दशमलव २४ अंकले बढेको हो ।
आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक २८९० दशमलव २८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २.६७ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशत अर्थात् १४ दशमलव ४७ अंकले बढेर ४८४ दशमलव ३० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । परिसूचक सँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । गत बिहीबार ११ अर्ब भन्दा केही बढीको कारोबार भएको बजारमा आज १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १ लाख ३९ हजार ५९६ पटक खरिद बिक्री हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
५ कम्पनीमा सकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले बन्द हुँदा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा १९६ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा हिमालयन डिस्टिलरीको सेयर मूल्य १२० रुपैयाँ ९० पैसाले बढेर १ हजार ३२९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । आज १० प्रतिशत सेयर मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १०३ रुपैयाँ ८० पैसाले बढेर १ हजार १४२ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै नेपाल लाइफको सेयर मूल्य आज ७६ रुपैयाँ ५० पैसाले बढेर ८४१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत आर्थात् ११५ रुपैयाँ ४० पैसाले बढेर १ हजार २७० रुपैयाँ ३० पैसा पुगेको छ । आइतबार दोर्दी खोला जलविद्युतको सेयर मूलइ पनि ३८ रुपैयाँ ४० पैसाले बढेर ४२२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज सेयर बजारमा ४४ कम्पनीको सेयर मूल्य घटेको दिन समाज लघुवित्तको सेयर मूल्य ३५३ रुपैयाँ ९० पैसाले घटेर ३ हजार १८५ रुपैयाँ १० पैसा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो ।
आज धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीहरुमा समाज लघुवित्त सहित अपर हेवाखोला हाइड्रोपावर, कुमारी सबल योजना, भूगोल इनर्जी र नेपाल हाइड्रो डेभलपर रहेका छन् । आज अपर हेवाखोलाको सेयर मूल्य ५४ रुपैयाँ ३० पैसाले घटेर ९३९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.४७ प्रतिशतले कम हो ।
त्यस्तै आज कुमारी सबल योजनाको सेयर मूल्य ०.३९ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.०४ प्रतिशतले कम हो । आज भूगोल इनर्जीको सेयर मूल्य पनि ३.४२ प्रतिशत अर्थात् २७ रुपैयाँले घटेर ७६३ रुपैयाँ पुगेको छ । आइतबार नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ३३ रुपैयाँ ६० पैसाले घटेर ९६४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.३७ प्रतिशतले कम हो ।











समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने