
काठमाडौं । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ। आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३० दशमलव ३६ अंकले घटेको हो।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८४६ दशमलव ३० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.०५ प्रतिशतले कम हो । आज सेयर बजारमा ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३१ अंकले घटेर ४७५ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १४ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १ लाख २२ हजार ३३६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि