
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि २ दशमलव ७० अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१८ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ०३ अंकले बढेर ४७० दशमलव ६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक सामान्य घटेको दिन सेयर बजारमा १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । आज ३१० कम्पनीका १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर ९३ हजार ८९५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सकिृट लागेर कारोबार भएको छ ।
३ कम्पनीमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार बन्द हुँदा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५२ रुपैयाँले बढेर १ हजार ६७२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै भूगोल इनर्जीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ४२० रुपैयाँले बढेर ४ हजार ६३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशतले बढी हो । आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल र महालक्ष्मी विकास बैंक रहेका छन् ।
राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य आज ९.९१ प्रतिशत अर्थात् ६३ रुपैयाँले बढेर ६९९ रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको सेयर मूल्य ३१ रुपैयाँ २० पैसाले बढेर ४२९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.८४ प्रतिशतले धेरै हो ।
एउटा कम्पनीमा नकारात्मक सर्किट
सेयर बजार घटेको दिन बिहीबार एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आजको १३२ कम्पनीको सेयर मूल्य घटेको दिन नविल डिबेन्चर २०८२ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य आज १२४ रुपैयाँ ८० पैसाले घटेर १ हजार १२३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने कम्पनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), गरिमा समृद्धि योजना र प्राइम डिबेन्चर २०८८ रहेका छन् । आज गुराँस लघु वित्तको सेयर मूल्य २५३ रुपैयाँ ३० पैसाले घटेर ३ हजार ८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६० प्रतिशतले कम हो ।
त्यस्तै आज आइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य ६.३५ प्रतिशत अर्थात् ८० रुपैयाँले घटेर १ हजार १८० रुपैयाँ पुगेको छ । आज गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ०.५१ रुपैयाँले घटेर ९ रुपैयाँ ३५ पैसा पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ५.१७ प्रतिशतले कम हो । बिहीबार प्राइम कमर्सियल डिबेन्चरको सेयर मूल्य ५२ रुपैयाँ ४० पैसाले घटेर १ हजार ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू