
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी), इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको अन्तिम–१६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा पीएसजीले लिभरपुललाई पेनाल्टीमा ४–१ ले हराएर क्वाटरफाइनलमा पुगेको हो । समग्रमा १–१ को बराबरी भएसँगै खेलको निर्णय पेनाल्टीबाट निकालिएको हो ।
प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरीयो । यस्तै गएरातिको अर्को खेलमा बार्यन म्युनिखले लेभेरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को अग्रताका साथ क्वाटरफाइनलमा पुग्यो ।
त्यस्तै इन्टर मिलानले फिएनोर्डलाई २–१ गोल अन्तरले पराजित ग¥यो । समग्रमा ४–१ को अग्रता बनाउँदै इन्टर मिलान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । गएरातिको अर्को खेलमा बार्सिलोनाले बेन्फिकालाई ३–१ गोलले हराएको छ । समग्रमा ४–१ को अग्रता बनाएको बार्सिलोना पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह