
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको बताएका हुन् ।
बीमा क्षेत्रका समस्याहरू सरोकावालाहरू सबैसँग मिलेर समाधान गर्न सकिने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै मुख्य प्राथमिकता भएको बताएका हुन् । अध्यक्ष ओझाले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न सम्वद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक, हित लगायतका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि