
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४५ प्रतिशत अर्थात ६७.१७ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। ती सबै दिनहरुमा नेप्से घटेर बन्द भएको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स ११.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९१ अंक घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २६ करोडको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४०.०६ प्रतिशत घटेको हो। यस साता दैनिक औषत सेयर संख्या ४६.२० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३५.८० प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ११ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ।
यस साता १३ वटा उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ। गत साता ४१०३.४० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६४.४४ अंक बढेर ४१६७.८४ विन्दुमा पुगेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत घटेको छ। गत साता २६६९.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १११.७८ अंक बढेर २५५७.२२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१९.८२ अंक घटेको छ।
यस साता ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.४४ प्रतिशत र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १२.९० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता महालक्ष्मी विकास बैंकको सेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ भने प्रभु इन्स्योरेन्सको सेयरमूल्य करिब साढे १० प्रतिशत घटेको छ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह