
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।
हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए ।
राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो हार बेहोरेको राजस्थान अङ्क विहीन रहँदै पुछारमा छ । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो । आईपीएलमा आज सनराजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम