
काठमाडौं । स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीले यो पर्व मनाउने गर्छन् । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो । चन्द्रमासको क्यालेन्डर अनुसार चौथौ दिनलाई चह्रे भनिन्छ ।
यो चाडमा खाइने वस्तुमध्ये लसुन मुख्य भएकाले यस चाडलाई ‘लसुने चाड’ पनि भन्ने गरिने संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए । उनले यो चाडलाई काठमाडौँमा नेवार समुदायले दसैँ र तिहार झैँ मनाउँदै आएको जानकारी दिए । यस पर्वमा बिहान भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरीलगायत शक्तिपीठमा गएर देवीको पूजाआजा गरिन्छ ।
बेलुका भने भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । ‘लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घर घरमा खाल्डोमा राखिएका महादेवलाई लसुन राखेर पूजा गरिन्छ,’ उनले भने । ‘विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ,’ स्थानीय पुजारी राजन महर्जन भने । उनले कङ्केश्वरीदेवीलगायतका विभिन्न देवताका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको बताए । पाँहाचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्रामा दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाँहाचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना