
काठमाडौं । राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले हिंसा भएको बताएको छ । यो कुनै राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको निष्कर्ष निकाल्दै सोहीअनुसार कारबाही गर्ने रणनीतिमा सरकार देखिएको हो ।
तीनकुनेको प्रदर्शनमा व्यक्ति मर्नेदेखि तोडफोड र आगजनीको घटना भएपछि यसबारे जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मलेन गरेको थियो । शुक्रबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा भएको पत्रकार सम्मलेनमा गृहका सहसचिव छवि रिजालले तीनकुनेको प्रदर्शनलाई हिंसाको रुपमा हेरिएको बताएका हुन् ।
तीनकुनेमा तनाव सिर्जना भएपछि दिउँसै गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा सुरक्षा संयन्त्रका प्रमुखलाई बोलाएर छलफल गरेका थिए । ‘स्तवन्त्रताको मिसयुज भयो । सभ्य समाजले कल्पनासमेत गर्न नसक्ने हिंसा आजको तीनकुने प्रदर्शनमा भयो,’ गृहमन्त्रालयका सहसचिव रिजालले भने ।
अहिलेसम्मको सरकारी तथ्यांकअनुसार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजका पत्रकार सुरेश रजक र अर्का प्रदर्शनकारी २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार अहिलेसम्म १५ जना प्रदर्शनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएको विवरण संकलन भएको गृह मन्त्रालयले जनाएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान