
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले पछिल्लो समय विवादस्पद बनेका भट्टलाई गड्डाचौकीको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपालका एसपी खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले उनलाई विभागमा तानेको हो।
एसपी केसी सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीमा कार्यरत छन्। उनीहरूबीच भएको विवादसम्बन्धी सार्वजनिक विवरणबारे थप बुझ्नुपर्ने भएकाले भट्टलाई विभागमा हाजिर हुन भनिएको भन्सार विभागले जनाएको छ।
विभागले विवादको विषयमा आवश्यक जानकारी तथा विवरण संकलन गरी थप प्रक्रिया अघि बढाउने जनाएको छ।
फेसबुक प्रतिक्रिया











समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती