
काठमाडौं । म्याग्दी । धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको रु एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको हो ।
बैंकको ७० प्रतिशत अर्थात् रु ९१ करोड र आन्तरिक स्वपुँजी रु ३९ करोड रहने गरी वित्तीय स्रोत व्यवस्थापन सम्झौता भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिए । धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा प्रस्तावित बाँधका साथै सोलवाङस्थित म्याग्दी र दरखोलाको दोभानमा निर्माण हुने विद्युत् गृहसम्म पहुँचमार्ग पुर्याइएको छ । कुनौटाबाट विद्युत् गृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण र विस्तारको काम भइरहेको छ ।
विद्युत् गृहसम्म पानी लैजान चार किमी ५०० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कुनौटामा ३० मिटर लामो बालुवा थिग्राउने पोखरी डिसेण्डर निर्माण हुनेछ । पाँच सय ४८ मिटर उचाइबाट विद्युत् गृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् सात किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराउने योजना रहेको हाइड्रोपावरका अध्यक्ष भण्डारीले जानकारी दिए ।
सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकिएको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले जानकारी दिनुभयो । ‘रन अफ द रिभर’ (नदी प्रवाहमा आधारित) प्रकृतिको यस आयोजनाले सिभिल, हाइड्रोमेकानिलक र इलेक्ट्रोमेकानिल ठेकेदार छनोटको अन्तिम चरणमा रहेको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० मा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट रु आठ दशमलव ४० र बर्खामा प्रतियुनिट रु चार दशमलव ८० पैसाका दरले विद्युत् खरिद बिक्री हुनेछ । विसं २०८४ चैत महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना