
नवलपरासी। लगातारको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।
गण्डक ब्यारेजका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९ दशमलव ४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन भएको छ।
ब्यारेजमा ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिँदै आएको छ। हालको बहाव उक्त सीमाभन्दा २६ हजार ४ सय क्युसेक कम छ।
यसैबीच, नेपालतर्फ देवघाटमा शनिबार बिहान ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। देवघाटमा नदीको बहाव बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न सक्ने बताइएको छ।
देवघाटबाट गण्डक ब्यारेजतर्फ पानीको बहाव बढ्दै गएमा ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह र बहाव थप बढ्न सक्ने जोखिम छ।












समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती