
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सल्लाहकार, स्वकीय सचिवालय र विज्ञका रूपमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।
सचिवालयमा ५ जना सल्लाहकार छन् । मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साह मन्त्री सरह रहेका छन् । ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन् । राज्यमन्त्रीसरहका सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र तथा विज्ञ सल्लाहकारमा अवैतानिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल छन् । सचिवसरहको सुविधामा प्रमुख स्वकीय सचिव सुवाष शर्मा छन् ।
त्यस्तै सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन् । उपसचिवसरहमा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य छन् ।
शाखा अधिकृतसरह सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन् । नासुसरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे छन् । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनाको दरबन्दी रहेको छ ।












समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द