
काठमाडौं ।नेपाल शेर्पा संघले सातौं महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। संघका अनुसार महाधिवेशनको तयारी अघि बढाइएको छ, जसमा नीति, पुनर्संरचना, र नयाँ प्रतिनिधिहरूको चयन मुख्य एजेन्डा रहनेछन्। महाधिवेशन आगामी २०८२ जेष्ठ २३ र २४ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
संघले विभिन्न संघ तथा किदुगहरूलाई चैत मसान्तसम्म आबद्ध हुन अपिल गरेको छ। इच्छुक संघ-संस्थाले सदस्यता नवीकरण र आबद्धता प्रक्रिया पूरा गर्नुपर्नेछ।
नेपाल शेर्पा संघको केन्द्रीय कार्यसमितिद्वारा जारी सूचनामा संशोधित विधान २०८१ अनुरूप महाधिवेशन सम्पन्न गरिने उल्लेख छ। यससँगै, संघले सदस्यता नवीकरण र आबद्ध संस्थाहरूको सहभागितासम्बन्धी विवरण समेत सार्वजनिक गरेको छ। नगर तथा गाउंस्तरीय संघ-संस्थाहरूले जिल्ला कार्यालयमार्फत निवेदन दिनुपर्नेछ भने सहभागी संस्थाहरूले अपडेट गरिएको सदस्यता विवरण तथा महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको नाम पेश गर्नुपर्नेछ।
संघले सम्बन्धित सबै संघ-संस्था तथा सदस्यहरूलाई समयमै दर्ता र नवीकरण गर्न आग्रह गरेको छ। 













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना