
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजावादी प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएको छ ।
काठमाडौंका बानेश्वर, तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बरले आपत्ति जनाएको हो । ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमा समेत क्षति पुगेको छ,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा छ ।
यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बरले शुक्रबारको घटनाबाट पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ । प्रर्दशन क्रममा आमनागरिक र उद्यमीद्दव्यवसायीको पेसा–व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ ।
आन्दोलन क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए÷गरेका यस्ता खाले उच्छृङ्खल गतिविधिले अर्थतन्त्र थप धराशायी बनाउने भएकाले संयमित हुन सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।













समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान