
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ (साउन देखि असारमसान्तसम्म ) मा जीवन बीमा कम्पनीहरूले २ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब १ करोड ९१ लाख बीमा शुल्क संकलन गरेको छ । जुन आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.४३ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख बीमा शुल्क संकलन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा जीवन बीमा कम्पनीहरुले १ करोड १८ लाख ५० हजार ३९१ वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
समिक्षा अवधिमा प्रथम बीमा शुल्क ४९ अर्ब ४० करोड ३३ लाख रहेको छ भने नवीकरण बीमाशुल्क १ खर्ब ५० अर्ब ६१ करोड ५८ लाख रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार गत आवमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले ५३ अर्ब ६८ करोड ८४ लाख, नेशनलले २४ अर्ब ६८ करोड ५७ लाख, एलआइसीले २१ अर्ब २३ करोड ३९ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले १८ अर्ब ५६ करोड ५ लाख बराबर बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा नेपाल लाइफले ४७ अर्ब ७९ करोड १ लाख, नेशनल लाइफले २२ अर्ब २२ करोड ८३ लाख, एलआइसीले १९ अर्ब ९२ करोड ५५ लाख र हिमालयनले १७ अर्ब ६५ करोड २ लाख बीमा शुल्क संकलन गरेको थियो ।
गत अवामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १२ अर्ब ९० करोड ६७ लाख, राष्ट्रिय जीवन बीमाले नौ अर्ब ६४ करोड ५ लाख, , सिटिजन्स लाइफले ९ अर्ब १६ करोड ८९ लाख, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख र आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख बीमा शुल्क संकलन गरेको छ । अघिल्लो सूर्यज्योति लाइफ इन्स्योरेन्सले ११ अर्ब ७ करोड २ लाख, राष्ट्रिय जीवन बीमाले ९ अर्ब ८५ करोड ६६ लाख, सिटिजन्स लाइफले ७ अर्ब ३३ करोड ९१ लाख, सानिमा रिलायन्स लाइफले ६ अर्ब ८३ करोड ३० लाख र आइएमई लाइफले ५ अर्ब ४० करोड २९ लाख बीमा शुल्क संकलन गरेको थियो ।
गत आवमा मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख , रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड ८ लाख, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख, सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख बीमा शुल्क संकलन गरेको छ ।
अघिल्लो आवमा मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब १७ करोड ४ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३१ लाख र सन नेपाल लाइफले ३ अर्ब ९६ करोड ४९ लाख बीमा शुल्क संकलन गरेको थियो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन