
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा प्रभु इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा १०.५३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यो कम्पनीको नाफा १२ करोड ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ८६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीले ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा यस्तो शुल्क आजर्न ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
कुल बीमा शुल्क आम्दानी मध्ये अन्य बीमा शुल्क पुनर्बीमामा पठाएर २८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्कको रुपमा धारण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ । पीई रेसियो ६४ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ । सोल्भेनसी रेसियो १.९४ रहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व