
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ । कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो ।
राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । यी दुई कम्पनीहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेको जनाएको छ ।
उक्त विनियमावलीमा म्याद समाप्त भएको मितिले तीन महीनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । कम्पनीहरूले सोही बमोजिम नवीकरण नगरेपछि लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू