
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । हिजोको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।
दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै ३८ रन जोडे । बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए ।
दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै आठ अङ्कका साथ प्रतियोगितामा दोस्रो स्थानमा छ । समान अङ्क रहेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ । पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ । आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय