
काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले आफु मतको प्रतिनिधि नभइ मनको प्रतिनिधि भएको बताएका छन् । आज भक्तपुरको पाइलटबाबामा स्वनिगः रिसोर्टको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचनमा आफू थोरै मतले मतको प्रतिनिधि बन्न नसके पनि मनको भनै सधै प्रतिनिधि रहेको उनको भनाइ थियो । अघिल्लो पटकको निर्वाचनमा बस्नेत भक्तपुरमा पराजित भएका थिए । ‘म निर्वाचित नभए पनि यहाँका समस्या समाधानका लागि सधै तयार रहेको छु । सबैले यहाँका प्रतिनिधि भन्दा पनि मलाइ नै खोज्नु हुन्छ,’ उनले भने ।
पूर्व मन्त्री समेत रहेका बस्नेतले उक्त असबरमा उनले आफू भक्तपुरको विकासका लागि सधै तयार रहको पनि बताए । उनले अहिलेको सरकारले अर्थतन्त्रका १८ सूचक सुधार गरेको भन्दै १९ औँ सूचक पनि सुधार गर्नु पर्ने बताए । ‘अहिले अर्थतन्त्रका १८ वटा सूचकमा सुधार आएको छ । अहिले १९ औँ सूचकका रुपमा रहेको सामाजिक सञ्जालमा सुधारको आवश्यकता छ,’ उनले भने । सोसल मिडियालाई छाडा छोड्न नहुने भन्दै उनले यस्तो छाडा सामाजिक सञ्जाल विश्वका अन्य देशमा कतै पनि नभएको बताएका हुन् ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?