
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा २० प्रतिशतले नाफा घटेर करोडमा क्लबमा पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो । यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको हो । कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ । यता, खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह