
काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले पद बहाली गरेका छन् । भदौ २० गते बोर्डको सीईओमा नियुक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नुपर्ने र आफूले त्यसैअनुरुप बोर्डको कार्यकारी नेतृत्व गर्ने उनको भनाइ छ ।
‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो, अर्कोतर्फ पर्यटन बोर्ड पीपीपीको मोडलको संस्था हो’ उनले भने, ‘यस आधारमा पनि निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको हुन्छ, त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडि लैजानु आजको आवश्यक्ता हो ।’
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले सामूहिक कार्यबाट ती सबै काम गर्न सकिने बताए । सीईओ जोशीले आफूले कुनैपनि पूर्वाग्राह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।











समाचार
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन