
काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन सोमबार ६ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । ग्योरोगी र पुम्सेमा गरी ३६ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन २६ स्पर्धाको फाइनल सम्पन्न हुँदा एकेडेमी ‘ए’ ६ स्वर्ण जित्न सफल भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा एब्सोलुट र श्रीनले समान २–२ स्वर्ण जितेका छन् ।
प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।
दुईदिने प्रतियोगितामा ४ सय ७९ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर