
ताप्लेजुङ । हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्याएको छ । हावाहुरीले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा स्थानीयको घरका छाना उडाएको छ । फुङ्लिङ–१० का वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बू, धनबहादुर लिम्बू र सुखबहादुर खत्रीको घरको छाना हावाहुरीले उडाएको छ ।
हावाहुरीले विभिन्न ठाउँमा रुख ढलाएको छ । यसबाट विद्युत्को पोलमा समेत क्षति पुगेपछि सदरमुकामसहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । यसैबीच, सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा हावाहुरीले क्षति पुर्याएको छ । सिवाखोला जलविद्युत् आयोजनाका केही पोल ढलेका छन् । विद्युत् अवरुद्ध हुँदा खेवाङ अन्धकारमय बनेको छ । जिल्लाका धेरै भू–भागमा हावाहुरीले मकै, गहुँ, जाँैलगायत बालिनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक