
विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समूह बी अन्तर्गतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो । जितसँगै कोसीले दुई अंक जोडेको छ । टस हारेर ब्याटिङ गरेको कोसीले ५० ओभरको खेलमा २९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रनको सामान्य योगफल खडा गरेको थियो ।
कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । पुलिसका सुनिल दौल्यानले पाँच विकेट लिँदा विपीन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए । जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सीमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले एक्लैले पाँच विकेट लिँदा प्रकाश कार्कीले तीन विकेट दिए ।
बुधबार समूह बीको दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह