
काठमाडौं । सेयर बजार परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८ दशमलव १४ अंकले घटेर २६२३ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १०७ कम्पनीको सेयर मूल्य भने बढेको छ । एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ४४२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ९ अटाको घटेको छ । परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ७ अर्ब माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
तीन कम्पनीमा सकारात्मक सर्किट
बुधबार सेयर बजार सामान्य अंकले घटेर कारोबार बन्द भयो । नेप्से परिसूचक घटेको दिन तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज समाज लघुवित्तको सेयर मूल्य २१७ रुपैयाँले बढेर २ हजार ३८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज नेपाल माइक्रोको सेयर मूल्य पनि १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४७ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य २३४ रुपैयाँ ८५ पैसाले बढेर २ हजार ९१३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७७ प्रतिशतले धेरै हो । त्यस्तै सिनर्जी पावरको सेयर मूल्य २९ रुपैयाँ ६४ पैसाले बढेर ३८४ रुपैयाँ १५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३६ प्रतिशतले धेरै हो ।
भूगोल इनर्जीमा नकारात्मक सर्किट
बुधबार सेयर बजार घटेर कारोबार बन्द हुँदा १३६ कम्पनीको सेयर मूल्य घट्यो । १३६ कम्पनीको सेयर मूल्य घटेको दिन भूगोल इनर्जीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आज भूगोल इनर्जीको सेयर मूल्य ८६ रुपैयाँ २२ पैसाले घटेर ७६६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटल, लक्ष्मी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैैंकको सेयर मूल्य १३६ रुपैयाँ ८६ पैसाले घटेर २ हजार २३९ रुपैयाँ ७७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७६ प्रतिशतले कम हो । त्यस्तै आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ३.७७ प्रतिशत अर्थात ३६ रुपैयाँ ८७ पैसाले घटेर ९४१ रुपैयाँ १३ पैसा पुगेको छ ।
आज लक्ष्मी लघुवित्तको सेयर मूल्य ३६ रुपैयाँ २७ पैसाले घटेर १ हजार ९ रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३८ प्रतिशतले कम हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३१ रुपैयाँ ३५ पैसाले घटेर ९९६ रुपैयाँ ९४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०५ प्रतिशतले कम हो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू