
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । गएराति भएको खेलमा बेङ्गलुरुले चेन्नईलाई दुई रनले हराएको हो ।
बेङ्गलुरुले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ११ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाउँदा पनि टोलीको हार टार्न सकेनन् । बेङ्ग्लुरुका लुङ्गी इिन्डीजले तीन तथा कुर्नाल पाण्डेय र यश दयालले समान एक विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनायो । बेङ्गलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए । चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
यो जीतसँगै बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा चेन्नई ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ । आईपीएल क्रिकेटमा आज कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स तथा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस्बीच खेल हुनेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम