
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्स विजयी भएको छ । गए राति सकिएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो ।
पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो । लखनउका लागि आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल सामदले ४५ रन जोडे । पन्जाबका अर्षदीप सिंहले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । श्रेयस अय्यरले ४५ रन जोडे । लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए । आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरुभन्दा १ अङ्कले पछि छ । लखनउ १० अङ्कसहित सातौं स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले हराएको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल