
जनता समाजवादी पार्टीले आफ्नो पहिलो स्थापना एक वर्ष पुरा गरेको छ । गत वर्ष वैशाख २४ गते स्थापना भएको पार्टीले आज आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसमार पार्टी अध्यक्ष अशोक कुमार राइले सुभकामना सन्देश जारी सबैमा शुभकामना व्यक्त गरेका छन् । ‘स्थापना यस सुखद अवसरमा जनता समाजवादी पार्टीका आम समितिहरु, जनवर्गीय संगठनहरु, नेता तथा कार्यकर्ताहरु, शुभेच्छुकहरु लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ शुभकामनामा भनिएको छ ।
‘नेपाललाई स्वतन्त्र, समृद्ध, समतामुलक, न्यायपूर्ण, विभेदरहित, धर्मनिरपेक्ष, समावेशी, संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणका लागि सशक्त संगठनात्मक शक्ति निर्माण गरी पार्टीलाई नेतृत्वदायी राजनीतिक शक्तिको रुपमा स्थापित गर्न लागिरहेकाछौं । सङ्घीयता, सुशासन, समृध्दि र समाजवादको नारा शिरोधार्य गरी सबै खाले निराशा, निस्क्रियता र शंकाहरुलाई चिर्दै आत्मविश्वास, अठोट र स्पष्टताकासाथ हामी पार्टी निर्माणमा छौं । संगठन संघर्ष र संगठनको माध्यमबाट चुनौतीहरुको सामना गर्दै निरन्तर अघि बढ्ने उत्साह, प्रेरणा र प्रतिबद्धता यस पार्टी स्थापना दिवसले हामीलाई प्रदान गरोस,’ शुभकामना सन्देशमा भनिएको छ ।














समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह