
काठमाकाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्ग्सबीचको खेल रद्द भएको छ । हिजो राति धर्मशालामा भइरहेको खेल प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।
तर आईपीएलका अधिकारीले भने पाकिस्तानले जम्मू क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् । पन्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय २२ रन बनाएको अवस्थामा खेल रद्द भएको हो । खेल रद्द भएसँगै ११ खेलमा १५ अङ्कसहित पन्जाब तेस्रो र दिल्ली ११ खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा यथावत् छन् । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम