
काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको फोर्थहिलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाए पछि नेपालले २९७ रनको लक्ष्य पाएको हो ।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । त्यस्तै फेन्ली म्याक्रिथले ५५ रनको योगदान दिए । कप्तान रिची बेरिङ्टन ४० रनमा आउट भए । त्यस्तै म्याथ्यु क्रसले पनि टोलिका लागि ३९ रनको योगदान दिए । आउट भए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
२९७ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको नेपालले यो समाचार तयारपार्दासम्म १५ ओभरमा २ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । नेपालका लागि कुसल भुर्तेल ५३ रनमा आउट भएका छन् । अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा रहेका छन् ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह