
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) एक साता मात्रै रोकिने भएको छ । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइपिएल रोक्ने गर्ने निर्णय गरेको हो ।
वर्तमान परिस्थितिको समग्र मूल्याङ्कनपछि सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसिआईले जनाएको छ । हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन् । अब १२ वटा लिग खेल बाँकी छन् । फाइनल खेल मे २५ तारिखमा हुने तय थियो । यद्यपि, सुरक्षाको कारण देखाउँदै बिसिसिआईले प्रतियोगिता रोक्ने निर्णय गरेको हो ।
गत बिहीबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेलअघि ‘अपरेशन सिन्दूर’मा सहभागी सुरक्षाकर्मीहरूको सम्मानमा राष्ट्रिय गानसमेत गाइएको थियो । धर्मशालामा चलिरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गर्नुप¥यो । खेल चलिरहेको बेलामा पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि धर्मशालामा ‘ब्ल्याकआउट’ गरिएको थियो। ‘फ्लडलाइट’ बन्द गरेर दर्शकहरूलाई स्टेडियमबाट बाहिर पठाइयो र खेल आधामा नै रोकियो । त्यो खेल लिगको ५८औं थियो ।
५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अगाडि छन् । तर, रन रेटका आधारमा गुजरात पहिलो स्थानमा छ । पञ्जाब तेस्रो, मुम्बई इन्डियन्स चौथो र दिल्ली पाँचौँ स्थानमा छ । चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिर भइसकेका छन् ।













समाचार
देशभर दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु