
काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ । गएराति भएको ऐतिहासिक ‘एल क्लासिको’ मा ४–३ को जीत निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी सातमा पुर्याएको हो ।
बार्सिलोनाको जीतमा लामिन यामालर र एरिक गार्सियाले समान एक र राफिन्हाले दुई गोल गरे भने रियल मड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अङ्क छ । रियलको भने समान खेलबाट ७५ अङ्क छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जीत या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।
यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जीत निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जीत कोपा डेल रे फाइनलमा निस्किएको थियो । ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व