
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ४५ करोड माथि माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४५ कराड ३६ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २४.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ रहेको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ९५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ५०.७१ प्रतिशतले बढेको हो ।
कम्पनीको आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७.१६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
यसअवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोष १२.०५ प्रतिशतले बढेर २१ करोड ९ लाख रुपैयाँ र जगेडा कोष ३७.७६ प्रतिशतले घटेर ६८ करोड ४८ लाख रुपैयाँ सन्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै