
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा उलेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको ९ महिनामा ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ११.५५ प्रतिशतले घटेको हो ।
यता, कम्पनीको आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर १ अर्ब ७२ करोडरुपैयाँ पुगेको छ । खर्च भने ४८ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोष ११.८९ प्रतिशतले बढेर ७ करोड ८२ लाख रुपैयाँ र जगेडा कोष २१.०७ प्रतिशतले घटेर २४ करोड ५ लाख रुपैयाँ सन्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३७५.५० रुपैयाँ रहेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै