
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा करिब ३७ करोड पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३६ करोड ९३ लाख रूपैयाँ खुद नाफा कमाएको हो ।
चालु आवको ९ महिनामा कम्पनीको नाफा २.१६ प्रतिशतले कम हो । यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ३७ करोड ७४ लाख रूपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिकसम्ममा कम्पनीले १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष १४.३९ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशतले वृद्धि हुँदा कुल खर्च १२.२९ प्रतिशतले बढेको छ। कुल आम्दानी १ अर्ब ६४ करोड रूपैयाँबाट बढेर १ अर्ब ७६ करोड रूपैयाँ पुग्दा कुल खर्च १ अर्ब ९ करोडबाट बढेर १ अर्ब २३ करोड नाघेको छ । २ अर्ब १ करोड २३ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा करीब २ अर्ब २१ करोड रूपैयाँ, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रूपैयाँ र जगेडा कोषमा ६७ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५.०१ रूपैयाँबाट ५४ पैसाले घटेर २४.४७ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २६७.४० रूपैयाँ रहेको छ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि