
काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ । बिहीबार हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे ।
ती पर्वतारोहीले सगरमाथाको शिखर टेकिसकेका थिए । त्यसलगत्तै फर्कने क्रममा उनको निधन भएको हो । यद्यपि घटनाबारे विस्तृत विवरण थाहा नभएको बताए । निधन हुने व्यक्तिको नाम र देश समेत खुलिसकेको छैन । सगरमाथा क्षेत्रको उद्धारको काम सम्बन्धित एक्पिडिसन कम्पनीले नै गर्ने भएकोले यसमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । यद्यपि मृतकको शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए ।
पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले समेत घटना भएको पुष्टि गर्दै विस्तृत विवरण संकलनको क्रममा रहेको बताए । सगरमाथामा भएको यो निधन सिजनकै पहिलो हो । सगरमाथाको नेपालपट्टीको ७ हजार भन्दा माथिको भागलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । आधार शिविरभन्दा माथि ७ हजार मिटर क्षेत्रसम्मको आरोहण बढी जटिल मानिन्छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो