
काठमाडौं । सगरमाथा संवादका सहभागीहरुको सम्मानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार साँझ काठमाडौंमा आयोजना गरेको नेपाली सांस्कृतिक भोज सहभागी विदेशी पाहुनाहरुले निकै रुचाएका छन् । सातै प्रदेशका मुख्य–मुख्य रैथाने परिकार तथा पेय पदार्थ प्रस्तुत गरिएको सो रात्रिभोज नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालको संयोजनमा तयार पारिएको थियो ।
रात्रिभोजमा नेपालका लोकप्रिय थकाली, नेवारी, हिमाली, पहाडी तथा मधेसीलगायतका खानाका परिकारहरु होटल संघ नेपालका विशेषज्ञ सेफहरुको अगुवाईमा सोल्टी होटलमा तयार भएका हुन् । कार्यक्रममा लोक नृत्य तथा संगीतबाट पाहुनाहरुको स्वागत गरिएको थियो ।
यस कार्यबाट मुलुकको खाना पर्यटनलाई अझ मजबुत ढंगबाट विश्व व्यापी प्रबर्द्धन हुने जनाउँदै होटल संघ नेपाललले गर्दै आएको मुलुकको रैथाने खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रबर्धनमा मजबुत बल पुगेको बताइएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह